सञ्चार मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित

सुनसरी– सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।
एमाले नेता जगदीशप्रसाद कुसियैतलाई ११२ मतले हराउँदै नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुनुभएका कार्की प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो ।
कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका कार्की २०७४ सालको निर्वाचनमा पनि सुनसरी क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका रमेश श्रेष्ठलाई ६५९७ मतले हराउँदै विजयी हुनुभएको थियो । कार्कीले ३२३४७ मत पाउँदा श्रेष्ठले २५७५० मत पाउनुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्