पहूँचको अभावमा पछि परेको बाल्मिकी आश्रम

चितवन- चितवनको माडी नगरपालिका-१ मा रहेको ऐतिहासिक बाल्मिकी आश्रमको संरक्षण हुन नसक्दा ओझेलमा परेको छ ।

चितवनको माडी नगरपालिकामा रहे पनि आश्रम जानको लागि नेपालको भुमिबाट बाटो नहुँदा आश्रमको बिकास हुन सकेको छैन  ।

आश्रम जानको लागि भारतको भुमि प्रयोग गरेर जानु पर्ने भएको कारण पनि आश्रममा नेपाली भन्दा भारतीयहरु बढी जाने गरेका छन ।

महर्षि वाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्त गरेका र यहाँ बसेर रामायण लेखेको विश्वास गरिन्छ।

त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनबास जाँदा यहाँ पुगेको र लव, कुशलाई जन्म दिएको विश्वास गरिन्छ।

यहाँ महर्षि वाल्मीकि, सीता र लब-कुशसँग जोडिएका धेरै प्रमाणहरु यत्रतत्र छरिएर रहेका छन् तर  त्यसको सरक्षणको प्रयास भएको देखिँदैन ।

वाल्मीकि आश्रमलाई भारतीयहरुले ठूलो तीर्थस्थलको रुपमा मान्ने गरेको छ ।

भारतको सिमा सँग जोडिएको बाल्मिकी आश्रमको बिकासको लागि गुरु योजना बनाए पनि कार्यन्वयन हुन सकेको छैन ।

यहाँ राजा महेन्द्रले १४ परिवारलाई लगेर बस्ती बसालेका थिए। अहिले पनि यहाँ १४ परिवार मात्र बासोबास गर्छन ।

मन्दिरका पूजारी शेखर सुबेदीका अनुसार दैनिक सयौं भारतीयहरू दर्शनका लागि यहाँ आउँछन्। भारतीयको तुलनामा नेपाली निकै कम आउने गरेको उहाँले बताउनुभयो।

यति महत्वपुर्ण धार्मीक स्थल भए पनि यस स्थानको बिकासको लागि सररकारले कुनै बजेटको ब्यबस्था नगरेको पुजारी सुबेदीले बताउनु भयो ।

आश्रमा आउन बाटोको असुबिधाका साथै पानी बिजुली नहुँदा  यहाँ समस्या छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.