प्रधानमन्त्री देउवासँग अध्यक्ष राउतको भेट

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवासँग अध्यक्ष राउतले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको हो ।
भेटमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको बताउनुभएको छ ।
पहिलोपटक निर्वाचनमा सहभागी भएको जनमत पार्टीले प्रत्यक्षमा एक सिट जितेको छ । समानुपातिकमा थ्रेस होल्ड कटाएको उक्त पार्टीले कम्तिमा पाँच सिट जित्ने अनुमान गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्