दोलखामा नेकपा माओवादी केन्द्रका कार्की दोब्बर मतले अगाडी

दोलखा- स्याङ्जामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा बहादुर कार्कीले दोब्बर मतले अग्रता लिनुभएको छ । कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई १ हजार ७ सय ५४ मतले पछि पार्नुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म माओवादी केन्द्रका उम्मेदवार कार्कीले ३ हजार दुई सय २४ मत तथा एमालेका शिवाकोटीले १ हजार ४ सय ७० मत प्राप्त गर्नुभएको छ ।
दोलखामा गएरातीबाट मत गणना सुरु भएको हो । दोलखाको २ वटा गाउँपालिकाको १० वटा मतदान केन्द्रमा हिजो पुनः मतदान भएपछि मतगणना सुरु भएको हो ।
दोलखाको १० वटा मतदान केन्द्रमा हिजो भएको निर्वाचनमा ४ हजार २ सय ५७ अर्थात ४९ दशमलब ८ प्रतिशत मत खसेको हो । ८ हजार ५ सय १४ मतदाता रहेका थिए ।-






प्रतिक्रिया राख्नुहोस्