दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता कायमै, मतान्तर घटाउँदै एमालेका शिवाकोटी
दोलखा- दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले अग्रता कायमै राख्नुभएको छ । हालसम्मको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कार्कीले १३ हजार ५२२ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले १३ हजार २८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।
दोलखामा कूल ८५ हजार ३८८ मत खसेको थियोे । दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने राजनीतिक दलका १४ र स्वतन्त्र उम्मेदवार सात गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।-
प्रतिक्रिया राख्नुहोस्