क्रिटिकल केयर मेडिसिन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा (भिडियोसहित)

काठमाडौं– क्रिटिकल केयर मेडिसिन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

‘नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’को आयोजनामा भएको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा १५० भन्दा बढी क्रिटिकल केयर मेडिसिन सम्बन्धी प्रस्तुति रहेको छ । सम्मेलन आइतबार समापन हुँदैछ ।

कार्यक्रममको उद्घाटन गर्दै मन्त्री खापुङले नेपालमा क्रिटिकल केयर सम्बन्धी सेवामा अझै धेरै विकास हुन बाँकी रहेको भन्दै सीमित स्रोत साधनका बाबजुत सोसाइटीले गरेको कामको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका अध्यक्ष डा सन्जय लाखे, सम्मेलनका साइन्टीफिक कमिटीका संयोजक डा सुवास आचार्य, सोसाइटीका महासचिव डा हेमराज पनेरु लगयतले सम्मेलनको बारेमा धारणा राख्नुभयो थियो । सम्मेलनमा ६ सय बढी विज्ञ सहभागी हुनुहुन्छ ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की लगायतले नेपालमा क्रिटिकल केयर मेडिसिनको विकासका लागि सोसाइटीले गरेको कामको प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.