अब दोलखाको मात्रै मत परिणाम आउन बाँकी

काठमाडौं- प्रतिनिधिसभाका १६५ स्थान मध्ये अब दोलखाको मात्रै मत परिणाम आउन बाँकी छ ।

दोलखामा मतगणना जारी छ । दोलखाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिनु भएको छ । पछिल्लो मत परिणाम अनुसार शिवाकोटीले १७ हजार ६ सय ९५ मत प्राप्त गर्नुभएको छ । यसै अर्का उम्मेदवार माओवादी केन्द्रका गंगा कार्कीले १५ हजार ७ सय ९५ मत प्राप्त गर्नुभएको छ । जारी गणनामा कार्की १ हजार ९ सय मतले पछि पर्नुभएको छ ।

यस्तै, प्रदेशसभातर्फ १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १४ हजार १ सय ५० मत प्राप्त गर्नुभएको छ । एमालेका नरबहादुर श्रेष्ठले १० हजार ९ सय १५ मत ल्याउनु भएको छ ।

यसैगरी, प्रदेशसभा २ तर्फ नेकपा एमालेका भरत केसीले १९ हजार ४ सय १४ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका उहाँका निकटम प्रतिद्वन्द्बी नेपाली काँग्रेस बर्मा लामाले १७ हजार ५ सय ९५ मत ल्याउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.