सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा

काठमाडौँ- सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु भएको छ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आउनेक्रमसँगै गठबन्धन दलका नेताहरुको बैठक बसेको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक निर्वाचन पछिको पहिलो औपचारिक बैठक हो ।

निर्वाचन परिणामको समीक्षा र आगामी सरकार गठनका तयारीका बारेमा बैठकमा छलफल हुने नेताहरुले जानकारी दिनुभएको छ ।

बैठकमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमला दाहाल, नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडैल सहभागी हुनुहुन्छ ।

यसैगरी, नेपाली काँग्रेसका नेताहरु रामचन्द्र पौडैल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का पनि बैठकमा सहभागी हुनुहुन्छ ।

यसैगरी माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ र एकिकृत समाजबादीका बेदुराम भूषाल लगायतका शीर्ष नेताहरु पनि बैठकमा हुनुहुन्छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.