गाउँपालिकामा हट लाइन सेवा सुचारू

रुकुम पूर्व-रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले पहिलोपटक हट लाइन सेवा संचालनमा ल्याएको छ ।

ग्रामीण भेगका अशक्त, अपांग, हिंसा पिडित साथै समस्यामा परेका स्थानीयले जुनसुकै बेला गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढामगरसँग सम्पर्क गरेर सेवा लिनसक्नेछन ।

“समावेशी विकासका लागि रुपान्तरित समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सृजनसिलताको प्रभाव” भन्ने मूल नारालाई आधार मानेर अपांगता भएका व्यक्ति साथै अन्य पिछडिएका वर्गको सहायताका लागि गाउँपालिकाले हट लाइन सेवा सूचारु गरेको हो ।

यसका लागि गाउँपालिकाले ९८५१३४२१५५ हट लाइन नम्बर सुचारु गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत वशिष्ठनारायण यादवले जानकारी दिनुभयो ।

बिभिन्न समस्यामा परेका सर्वसाधारणहरुको सहायताका लागि गाउँपालिका जुनसुकै समयमा पनि तत्पर रहेको पुथा उत्तरगंगा गाउँपालिकाले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.