चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अबस्थामा
चितवन- चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ ।
नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायीक वनमा गैंडा मृत अबस्थामा भेटिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भाले गैंडा मृत अबस्थामा भेटिएको हो ।
गैंडाको खाग र खुर सुरक्षित रहेको उहाँले बताउनुभयो ।
गैंडा बुढो भएर मरेको प्रारम्भिक अनुमान गरिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्