भरतपुर महानगरपालिकाभित्र ७ हजार लिटर निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय कार्यान्वनमा

चितवन- भरतपुर महानगरपालिकाभित्र ७ हजार लिटर निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय कार्यान्वनमा आएको छ ।

मंसिर महिनाबाट कार्यान्वनमा आउने गरी भरतपुर महानगरपालिकाले भरतपुर खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न १२ वटा खानेपानी उपभोक्ता समितिसँग ७ हजार लिटरसम्म निःशुल्क खानेपानी उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल दोस्रो पटक मेयर निर्वाचित भएसँगै भरतपुरमा ७ हजार लिटरसम्म खानेपानी पिउने ग्राहकलाई निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको थियो । पदभार ग्रहण गर्दा गर्नुभएको दुई वटा निर्णय मध्ये छोरी बीमा कार्यक्रम यसअघि नै कार्यान्वनमा आइसकेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले ७ हजार लिटरबाट निःशूल्क खानेपानी उपलब्ध गराउने कार्यको थालनी गर्नु सकारात्मक विषय रहेको उल्लेख गर्नुभयो ।

यो निर्णयले अधिकांश विपन्न नागरिकलाई निःशुल्क खानेपानी उपलब्ध हुने विश्वास महानगरले लिएको उहाँको भनाई छ । निःशुल्क खानेपानी वितरण गरेबापत महानगरपालिकाले बोर्ड र खानेपानी उपभोक्ता समितिलाई मासिक शूल्क तिर्नुपर्ने गरी सम्झौता भएको छ । मेयर दाहालले बाहिरा चर्चामा आए जस्तो भरतपुरमा खानेपानीको अभाव नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

मेयर दाहालले पहिलो पटक मेयरमा निर्वाचित भएपछि खानेपानीको पहुँचलाई सबै नगरबासीसम्म पुराउने गरी विभिन्न आयोजना निर्माण गर्न ठूलो रकम विनियोजना हुँदै आएको उल्लेख गर्नुभयो ।

मेयर दाहालले अबको दुई वर्षभित्र शतप्रतिशत भरतपुरबासी खानेपानीको पहुँचमा पुग्ने र ४७ हजार नयाँ धार जडान भईसक्ने जानकारी दिनुभयो ।

महानगरपालिकाले प्रयाप्त पानी उपभोक्तलाई पुराउने नीति अनुसार डिप बोरिङ थप गर्ने गरी स्रोतको खोजी गर्ने कामलाई अगाडि बढाईरहेको छ । हाल भरतपुर खानेपानी बोर्ड र खानेपानी उपभोक्ता समितिमार्फत ४५ हजार २३३ घरधुरी खानेपानीको पहुँचमा रहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.