जसपाले पठायो प्रतिनिधिसभा समानुपातिक सदस्यको नाम

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।

पार्टीको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिनुभयो ।

यसरी सिफारिस हुनेमा प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान हुनुहुन्छ । पार्टीले प्रदेशसभा सदस्यका लागि पनि समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.