समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा भोली हुने

काठमाडौं- निर्वाचन आयोगले भोलि सोमबारसम्म समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ ।

राजनीतिक दलले बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए ।

आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसद निर्वाचित भएको घोषणा भएको मितिले सात दिन भित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन बुझाई सक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार काम गर्ने बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.