मुस्लिम आयोगका अध्यक्ष भन्नुहुन्छ, ‘समानुपातिकमा ठुला दलबाट अन्याय भयो’

काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले समानुपातिकमा ठुला दलबाट अन्याय भएको बताउनुभएको छ । उहाँले समानुपातिक समावेशी नारामा मात्र सीमित भएको टिप्पणीसमेत गर्नुभएको छ ।

अध्यक्ष अन्सारीले फेसबुकमा लेख्नुभएको छ, ‘समानुपातिकमा राम्रो मत पाएको नेपाली कांग्रेस र नेकपा एमालेले मुस्लिम समुदायलाई १/१ सिट मात्र दिनु र राप्रपाले १ सिट पनि नदिनु अन्याय हो ।’ उहाँले संख्याको आधारमा सिट बाँडफाड गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

निर्वाचन आयोगले पनि समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समय दिएर पत्राचार गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.