संसदमा मुस्लिम उपस्थिति घटेकोमा आयोगको चिन्ता, निर्वाचन आयोगको ध्यानाकर्षण
काठमाडौं– मुस्लिम आयोगले संसदमा मुस्लिम उपस्थिति घटेकोमा चिन्ता व्यक्त गरेको छ ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर संघीय संसदमा मुस्लिमको उपस्थिति घटेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले २७५ सदस्यीय प्रतिनिधि सभामा १२ जना मुस्लिमको प्रतिनिधित्व हुनुपर्नेमा ५ जनामात्रै निर्वाचित भएको उल्लेख गर्नुभयो ।
अन्सारीले जनसंख्याका आधारमा ४ दशमलव ४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने समानुपातिकतर्फ ५ जना हुनुपर्नेमा ६ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको बताउँदै आगामी निर्वाचनमा पहल गर्ने बताउनुभयो ।
आयोगकै पहलमा राष्ट्रिय सभामा एकजना मुस्लिम प्रतिनिधित्व सुनिश्चित गरिएको थियो ।
राष्टि«य सभामा यसअघि नै मुस्लिम समुदायबाट खालिफ सिद्धिकी निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्