जाजरकोटको छेडागाडमा जिप दुर्घटना, ११ जनाको मृत्यु
जाजरकोट- पश्चिम जाजरकोटको छेडागाडमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
दशेराको जेवाबाट लेवा जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप आज छेडागाड नगरपालिका–४, भीरबाटी भन्ने ठाँउमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा जिप चालक दैलेख भगवतीमाई गाउँपालिका-२ का मानबहादुर रावत, छेडागाड नगरपालिका-६ का वीरबहादुर खत्री, छेडागाड-५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका-३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का, जाजरकोटकै छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढा रहेका प्रहरीले जनाएको छ ।
उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो भने २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा छेडागाड नगरपालिका-२ का जयनाथ अधिकारी गम्भीर घाइते भएका छन् ।।
प्रतिक्रिया राख्नुहोस्