काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु

दुर्घटनाका घाइतेको तत्काल उद्धार गरी उपचार गर्न गृहमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ सल्लाफेद भन्ने स्थानमा आज साँझ भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।

बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको र अरु  करिब एक दर्जन घाइते भएको प्रहरीले जनाएको छ ।

देवराज केसी, काभ्रे

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार १५ जनाको दुर्घटनास्थल तथा अन्य दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइतेहरुमध्ये आठ जनाको बनेपास्थित शिर मेमोरियल अस्पताल र अन्य पाँचको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रनाउ न्यौपानेले बताउनुभयो ।

दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ । बसमा सवार कति थिए भन्ने यकिन तथा मृतकको पहिचान हुन नसकको न्यौपानेले बताउनुभयो ।

दुर्घटनाका घाइतेको तत्काल उद्धार गरी उपचार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थानमा आज साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्रीले घाइतेको उपचारका लागि अस्पतालसम्म पु¥याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिनुभयो । गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई दुर्घटनामा परी घाइते भएकाको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोतसाधन आवश्यक पर्ने भए मन्त्रालयमा लेखी पठाउनसमेत निर्देशन दिनुभएको छ । घाइतेको उद्धार र उपचारमा कुनै कसर बाँकी नराख्न र स्रोतसाधनको कमी भएमा मन्त्रालयमा लेखी पठाउन मन्त्री खाणले निर्देशन दिएको प्रजिअ पाण्डेले बताउनुभयो ।

प्रजिअ पाण्डेका अनुसार आज साँझ बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोकको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना परेको थियो । सो दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ ।

घाइतेको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु सवार कति थिए भन्ने यकिन नभएको र घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार गरिरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.