अध्यादेश प्रमाणीकरणको माग गर्दै प्रशासन कार्यालमा धर्ना

सप्तरी– टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै थारु समुदायले जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिएका छन् ।
सरकारले गएको आइतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
त्यही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै बिहीबार थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सप्तरी, थरुहट, थारुवान संयुक्त संघर्ष समिति, थारु विद्यार्थी समाज, थारु महिला समाज लगायतले प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् ।
धर्ना दिनुभन्दा अघि राजविराको खेल मैदानबाट निकालिएका र्याली नगरको विभिन्न भाग परिक्रमा गरेका थिए ।






प्रतिक्रिया राख्नुहोस्