राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको तयारी गर्दै निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको तयारी गर्ने भएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको अन्तिम नतिजा घोषणा भएपछि आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको तयारी सुरु गर्ने जनाएको छ । आयोगले समानुपातिकतर्फ निर्वाचितहरुलाई आइतबार प्रमाणपत्र समेत दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अब राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी तर्फ केन्द्रित हुने जानकारी दिनुभयो । संघीय र प्रदेश संसद्हरु सुचारु भएपछि प्राविधिक तयारी गर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि बन्ने निर्वाचकमण्डलमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसद हुन्छन् । उनीहरुको मतको आधारमा राष्ट्रपति र उपराष्ट्रपति चुनिन्छन् ।

वर्तमान राष्ट्रपति–उपराष्ट्रपतिको कार्यकाल फागुन दोस्रो सातासम्म रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.