सोलुखुम्बुबाट स्पेनी आरोहीको उद्दार

सोलुखुम्बु– सोलुखुम्बुस्थित आमादब्लम हिमाल आरोहणका क्रममा चिप्लिएर खुट्टा मर्किएका स्पेनी ओरोहीको सिम्रिक एयरले उद्धार गरेको छ ।

स्पेनी नागरिक जापाता लोपेज सोजे म्यानुएललाई आमादब्लम हिमालको ६ हजार ३०० मिटरको उचाइबाट उद्धार गरिएको हो । सिम्रिक एयरले डोरीको प्रयोग गरि रेस्क्यु गरेर उनलाई बेसक्याम्प झारेको थियो ।

बेसक्याम्पबाट उनलाई उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । म्यानुएल आइतबार आमादब्लम हिमालको आरोहण गर्दै थिए ।

पहिलो क्याम्पबाट समीट जाने क्रममा दोस्रो र तेस्रो क्याम्पका बीचमा म्यानुएल चिप्लिएका थिए । सो क्रममा उनको खुट्टा ठोक्किएर मर्किएको थियो ।

म्यानुएल ‘एट के एक्सपिडिसनबाट आमादब्लम हिमाल आरोहण गर्न गएका थिए । सो स्थानमा हेलिकप्टर अवतरण गर्न असम्भव भएकाले लङ लाइन (डोरी) मार्फत म्यानुएलको उद्धार गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.