राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनुभएको छ ।
काठमाडौंमा सोमबार बिहान बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गरेको पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
पहिलोपटक प्रतिनिधि सभा निर्वाचनमा भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।






प्रतिक्रिया राख्नुहोस्