माधव नेपाल संसदीय दलको नेता चयन, पाण्डे उपनेता, ज्वाला प्रमुख सचेतक
काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गरेको छ ।
संसदीय दलको सोमबार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत दलको नेता चयन गरेको हो । नेता राजेन्द्रप्रसाद पाण्डेको प्रस्ताव र शेरबहादुर कुँवरको समर्थनमा नेपाल दलको नेता हुनुभएको हो ।
संसदीय दलको उपनेतामा पाण्डे र प्रमुख सचेतकमा प्रकाश ज्वाला चयन हुनुभको छ ।
प्रतिनिधि सभामा एकीकृत समाजवादीले १० सिट जितेको छ ।
प्रतिक्रिया राख्नुहोस्