दाहालको दाबी शीतल निवासमा

काठमाडौं– राष्ट्रपति कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव पुगेको छ ।

प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाराष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

सरकार निर्माणमा दाबी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

राष्ट्रपति कार्यालयले केहीबेरपछि विज्ञप्ती जारी गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.