लक्ष्यमा पुग्न लागेको कांग्रेस शून्यमा झरेको अनुभूति भइरहेको छः महामन्त्री थापा

कास्की- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको सत्ता राजनीतिमा आएको नाटकीय उलटफेरपछि लक्ष्यमा पुग्न लागेको कांग्रेस शून्यमा झरेको जस्तो अनुभूति भएको बताउनुभएको छ ।

पोखरामा आयोजित साहित्य महोत्सवको ‘राजनीतिमा समाजको ऐना’ सत्रमा पत्रकार वसन्त बस्नेतसँगको संवादमा उहाँले पछिल्लो राजनीतिक प्रकरणबारे पार्टीभित्र गहिरो समीक्षा गरिने उल्लेख गर्नुभयो ।

अप्रत्याशित रुपमा कांग्रेस सत्ताबाहिर रहनुपर्ने गरी घटनाक्रम विकसित हुँदा पनि पार्टी नेतृत्वबाट आफूलाई कुनै जानकारी नदिइएको महामन्त्री थापाले गुनासो गर्नुभयो ।

“हिजो बिहान ६ बजेदेखि पार्टी सभापतिको कतिबेला फोन आउँछ भनेर कुरेर बसेँ, पार्टीमा छलफल गरेर गठबन्धन बैठकमा निर्णय लिन्छु भन्ने सभापतिको कुरा पनि समाचार पढेर थाहा पाएँ”, उहाँले भन्नुभयो, “पार्टीभित्र त म पनि पर्छु, अनिवार्य पर्छु, तर मलाई बोलाइएन, अपमानित जस्तो हुनुपर्‍यो ।”

महामन्त्री थापाले जित/हारको चरण सकिएको भन्दै कांग्रेस फेरि उठ्ने धारणा राख्नुभयो । “पार्टीलाई सुदृढ र सबल कसरी बनाउन सकिन्छ भन्नेमा हामी सोचिरहेका छौँ, चिन्तन गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.