अर्थतन्त्र पुनरूत्थान प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग मंगलबार बिहान निजी निवास खुमलटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भइरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले महासंघकातर्फबाट यसअघि दिइएका सुझाव अध्ययन गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने वचनसमेत दिनुभयो ।

भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले प्रधानमन्त्रीलाई बधाई दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.