कैलालीको धनगढीबाट बाघको हड्डी र जडिबुटीसहित ४ जना पक्राउ
कैलाली- कैलालीको धनगढीबाट बाघको हड्डी, नक्कली नोट र जडिबुटी सहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित एसएस होटलमा कोठा गरी बसेका दार्चुला लेकम गाउँपालिका-६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटी शिखर नगरपालिका-१० का ३० बर्षीय करन सिंह धामी र डोटीकै बडिकेदार गाउँपालिका-१ क ५० वर्षीय मोहन सिंह बोहरा रहेकोे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाको अनुसन्धान गर्दै जादाँ धनगढीमै कोठा भाडामा लिई डोटीको शिखर नगरपालिका-१० का १९ वर्षीय टेकेन्द्र धामी पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
बाघको हड्डी र जडिबुटी लगायतका सामग्री पनि प्रहरीले धामीकै कोठाबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताउनुभयो ।
उनीहरुको साथबाट प्रहरीले १ लाख ४२ हजार नक्कली नोट, ५ किलो ५३० ग्राम बाघको जस्तो देखिने अस्थिपंजर हड्डीहरु, बैंक तथा आइएमई भौचर तथा चेकहरु, जडिबुटी वनस्पतीका बोक्राहरु र फलामका टुक्राहरु बरामद गरेको जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्