कैलालीस्थित सीमा स्तम्भहरुको अनुगमन

कैलाली- कैलालीका नेपाल-भारत सीमा स्तम्भहरु अनुगमन सुरु गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमास्तम्भको अनुगमन गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारसहितको समूहले जिल्लाको भजनी, कालाकुण्डा र खक्रौलास्थित सीमास्तम्भको अनुगमन गरेको हो । नेपाल–भारत सीमा अन्तर्गत कैलालीमा पर्ने ११ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने छ । जसमध्ये चारवटा सीमा स्तम्भ मर्मतको काम नेपालको भागमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार सात वटा सीमास्तम्भ भारतले मर्मत गर्नेछ । नेपालले मर्मत गर्नुपर्ने सीमास्तम्भको अवस्था के–कस्तो छ भन्ने बारे बुझ्नका लागि अनुगमन गरिएको उहाँले बताउनुभयो ।

जिल्लाको खक्रोला भन्सारमा राजश्व चुहावट नियन्त्रणको बैठक समेत भएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । खक्रौला भन्सार कार्यालयका प्रमुख विमलकुमार शाह नै तस्करीमा लागेको आरोपपछि प्रमुख जिल्ला अधिकारी थापा खक्रौला पुग्नुभएको थियो । तर शाह फरार रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी थापाको समूहले हुलाकी राजमार्ग निर्माण गर्ने कार्यमा भएका अवरोधहरु सल्टाउनका लागि पनि छलफल गरेको छ । हुलाकी राजमार्ग आयोजनाको कार्यालयले अवरोध रहेको गुनासो गरेपछि सो समस्या समाधानका लागि अनुगमनसहित छलफल गरिएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.