एमाले कर्णाली संसदीय दलको नेतामा कँडेल

सुर्खेत- कर्णाली प्रदेश सभा एमाले संसदीय दलको नेतामा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज यामलाल कँडेल सर्वसम्मत चयन हुनु भएको छ ।

दल नेतामा दाबी गरिरहनु भएका एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले सर्मथन गरेपछि कँडेल सर्वसम्मत रुपमा दलको नेतामा आज चयन हुनु भएको हो ।

कँडेलले सरकारको नेतृत्व गर्ने उद्देश्यसहित दोस्रो पटक पनि प्रदेशमै चुनाव लड्नु भएको थियो । ४० सिट रहेको कर्णाली प्रदेश सभामा यो पटक एमाले १० सिटसहित तेस्रो दलको रुपमा रहेको छ ।

एमाले र नेकपा माओवादी केन्द्र वीच आपसी तालमेल भएमा यसपटक कँडेल नै मुख्यमन्त्रीको प्रवल दावेदार मानिनु भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.