विद्यार्थी अपहरण तथा हत्याको अभियोगमा सहायक प्रधानाध्यापक नै पक्राउ

पर्सा- पर्साको वीरगन्जमा अपहरणमा परेको एक महिनापछि मृत भेटिएका बालकको हत्यामा उनकै भाइस प्रिन्सिपल मुख्य योजनाकार रहेको प्रहरीले दाबी गरेको छ ।

वीरगन्ज महानगरपालिका-२५ सिर्सिया खल्वाटोलस्थित श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको पुरानो भवनमा रहेको सेफ्टी ट्याङ्कीमा १४ वर्षीय नीरजकुमार पासवानको शव भेटिएको थियो ।

सो विद्यालयका गणित शिक्षक समेत रहेका भाइस प्रिन्सिपल दिलीपकुमार पटेलसहित दुई जनालाई पक्राउ गरेको छ । मंसिर ५ गतेदेखि नीरज सम्पर्कविहीन थिए । घटनाको भोलिपल्ट आफन्तले प्रहरीमा निवेदन दिएका थिए । त्यसको १२ दिनपछि आफन्तलाई ५० लाख रुपैयाँ फिरौती मागिएको अनुसन्धानमा खुलेको छ । तर प्रहरीले त्यसबारे मंसिर २५ गते मात्र जानकारी पाएको जनाएको थियो ।

प्रहरीले पुस १० गते पटेल बस्दै आएको भवनको अगाडि पट्टी रहेको सेफ्टी ट्याङ्कीबाट बालकको शव फेला पारेको हो । मंसिर ५ गते शिक्षक पटेलले नीरजलाई कोठामा बोलाइ अन्य दुई जना समेत मिलेर हात खुट्टा बाँधेर बन्धक बनाउन खोज्दा बालक भाग्न खोजेपछि बदनाम हुन सक्ने डरले सोही दिन उनको हत्या गरेर सेफ्टी ट्यांकीमा शव फालिएको दाबी पर्सा प्रहरी प्रवक्ता दीपक गिरीले गर्नु भएको छ ।

मृतकका बुबाले मुआब्जा बापतको पैसा पाउन लागेको चाल पाएपछि बालकको अपहरण भएको देखिएको पनि प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.