हिल्सा नाका बन्दकाे प्रभावले मुचुकाे तुम्काेट बजार सुनसान
हुम्ला-एकताका हुम्लाको उत्तरी नाम्खा गाउँपालिका– ५ स्थित तुम्कोट बगर सानो तिनो बजार निकै चलेको थियो । तीन वर्षपहिले कोभिड १९ को महामारीले चीनसँग सिमाना जोडिएको हिल्सानाका बन्द भएपछि तुम्कोट बजार अहिले सुनसान देखिएको छ ।
कोराना महामारीले हिल्सा नाकाबाट दैनिक उपभोग्य वस्तु आउन छोडेपछि तुम्कोट बजार सुनसान बनेको हो । कोभिड १९ को महामारीले अहिलेसम्म उत्तरी हिल्सा नाका ठप्प छ ।
विगतका वर्ष मुचुको तुम्कोट बजार सिमकोटदेखि सामान लिन आउने गरेको नाम्खा गाउँपालिका– ५ का डुन्डुप लामाले जानकारी दिनुभयो । हिल्सानाका बन्द भएपछि सामानहरू ल्याउन छोडेपछि तुम्कोट बजार सुक्दै गएको लामाले दुखेसो गनुभयो ।
दैनिक उपभोग्य वस्तु लुगाकपडा हिल्सा नाकाबाट आउन छोडेपछि अधिकांशको रोजीरोटी गुमेको लामाको गुनासो छ । नाका नखुलेपछि मुचुको तुम्कोट बजारसमेत अहिले सुनसान हुँदै गएको नाम्खा गाउँपालिका– ५ कै सोनाम छिटोल लामाले बताउनुभयाे ।
‘जिल्लाभरीका मानिस तुम्कोटमा मैदा, कपडा, नुनलगायतका उपभोग्य सामान लिन आउँथे,’ लामाले भन्नुभयो, ‘अहिले बजार सुनसान छ ।’
हिल्सानाको असरले तुम्कोट बजार पनि रित्तिँदै गएको उनको गुनासो छ । दैनिक उपभोग्य वस्तु लिन तीन दिन पैदल हिँडेर सिमकोट पुग्नुपर्ने बाध्यता छ । तुम्कोट बजार रित्तिएपछि मुचु, चाला, यारी, याल्वाङ्गलगायतका क्षेत्रबा कासिन्दाले सास्ती पाउन थालेका छन् ।
प्रतिक्रिया राख्नुहोस्