प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेट, सरकार सञ्चालन र प्रदेश सरकार मुख्य एजेन्डा

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, सरकार सञ्चालन, प्रदेश सरकारको नेतृत्व बाँडफाँड, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल प्रधानमन्त्रीको सचिवायले जनाएको छ ।

बिहीबार सत्ता साझेदार माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सरकार साझा न्यूनतम कार्यक्रमका विषयमा सहमति भएको थियो । सरकारको साझा न्यूनतम कार्यक्रम र संसद्बाट विश्वासको मत हासिलपछि मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको योजना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.