प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षीको बधाईपत्र

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उहाँहरुबीच नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुद बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाईपत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.