पर्यावरण मैत्री पर्यटन प्रवर्द्धन गर्न कसिए सुन्तलाबारी होमस्टेका संचालक
स्याङ्जा- स्याङ्जाका सुन्तला व्यवसायीले संचालन गरेको सुन्तलाबारी होमस्टेमा पर्यावरण मैत्री पर्यटन विकास गर्न थालिएको छ । गाउँघरमा उत्पादन हुने बस्तुबाट पाहुनाको स्वागत सत्कार गर्ने तालिम प्रदान गरिएसँगै उनीहरु पर्यावरण मैत्री पर्यटन प्रवर्द्धन गर्न चासो देखाएका हुन् ।
प्रत्येक वर्ष झण्डै एक करोडको सुन्तला बिक्री गर्ने सुन्तलाबारी होमस्टेको मुख्य आकर्षण सुन्तला नै बन्ने गरेको छ । बंगैचामा सुन्तला सँगै रमाउने र स्थानीय उत्पादनको स्वादमा गुरुङ संस्कृतीमा रम्न पाईने यहाँको बिशेषता हो ।
स्याङ्जाको वालिङ ४ मा संचालित सुन्तलाबारी होमस्टेलाई पर्यावरण मैत्री पर्यटन विकास गर्न संचालकहरुले चासो देखाएका छन् । वालिङ नगरपालिका, संयुक्त राष्टसंघीय विकास कार्यक्रम युएनडिपी, र दियालो संस्थाको सहकार्यमा हरित पुनः उत्थान कोभिड १९ उद्धार प्रतिकार्यपहल परियोजना अन्तर्गत उक्त होमस्टेलाई पर्यावरण मैत्री बनाउन लागिएको हो ।
स्थानीय उत्पादनबाट बनेका परिकारले पाहुनालाई आकर्षित गर्ने लक्ष्यका साथ ईको होम्सिटे शुरु गरिएको होमस्टेका संचालकहरुको भनाई छ । अहिले सुन्तला र स्थानीय उत्पादान यहाँको आकर्षण बनेको छ ।
होमस्टेमा पहुनाको आकर्षण बढाउन भान्सा व्यवस्थापन सम्वन्धी तालिम समेत प्रदान गरिएको छ । गाउँघरमा उत्पादन हुने टिमुर, वन धनिया, मेवा, आलु, कोदो लगाएतको सामाग्रीबाट स्वादिलो परिकार बनाउन तालिम प्रदान गरिएको प्रशिक्षक प्रिन्स गुरुङको भनाई छ ।
सिद्धार्थ राजमार्गबाट झण्डै आधा घण्टामा पुग्न सकिने सुन्तलाबारी होमस्टे २०६९ सालबाट संचालनमा आएको हो । २२ घरमा ५० जना क्षमता रहेको यो होमस्टेमा प्रत्येक बर्ष एक करोड भन्दा माथीको सुन्तला मात्र बिक्री हुने गर्दछ । अहिले अतिथि सत्कार, खानाको परिकार सम्बन्धी तालिम पाएसँगै यहाँका स्थानीय थप हौसीएका छन् ।
स्याङ्जाको पहिचान सुन्तला हो भन्ने उदहारण यो होमस्टेले झल्काएको भएपनि प्रचार प्रसारको अभावमा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने यात्रुलाई थप आकर्षित बनाउन सकिएको छैन । उनीहरुलाई आकर्षित गर्न सके सुन्तलाले स्याङ्जाको आर्थिक समृद्धी बृद्धि गर्नेमा दुइ मत छैन ।-
प्रतिक्रिया राख्नुहोस्