लुम्बिनी प्रदेश सभा सांसदहरुले आज पद तथा गोपनियताको सपथ लिदै

दाङ- लुम्बिनी प्रदेश सभा सदस्यको सपथग्रहण आज दिउँसो १ बजे हुँदैछ । प्रदेश सभाको नव निर्मित भवनबाट सपथ लिनेछन् । राप्ती उपत्यका देउखुरीमा पाँच करोड २० लाख खर्चेर नयाँ प्रदेश सभा भवन बनाइएको छ । यही भवनबाट सपथ लिनेछन् ।

आज दिउँसो प्रदेश सभा सदस्यले प्रदेश प्रमुख अमिक शेरचन समक्ष सपथ लिने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा १७९ मा प्रदेश सभा सदस्यले प्रदेश सभा वा त्यसको कुनै किसिमको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश प्रमुख शेरचन समक्ष नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभा सदस्यले अनूसुची–१ को ढाँचामा पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् ।

लुम्बिनी प्रदेश सभाले बनाएको प्रदेश सभा नियमावली २०७९ को नियम ४ को उपनियम(१) बमोजिम प्रदेश सभाको पहिलो अधिवेसन आह्वान पश्चात प्रदेश सभाको बैठक बस्नु अघि निर्वाचित सदस्यले प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था गरेको छ ।

सपथग्रहणमा सहभागी हुँदा नियमावलीको अनुसूची–९ अनुसार व्यक्तिगत विवरण फारम, निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र हालसालै खिचिएको पासपोर्ट साईजको फोटो साथमा राख्नुपर्ने छ ।

यस्तै भोलिका लागि अधिवेसन आह्वान गरिएको छ । यो अधिवेसन पछी सभामुख र उपसभामुख चयनको लागी बाटो खुल्ने छ । पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ । २०७७ असोज २० मा प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो ।

त्यो निर्णय पहिलो कार्यकालको अन्तिमतिर पूर्ण कार्यान्वयनको अवस्थामा पुगेको हो । एकै परिसर भित्र प्रदेश सभा र प्रदेश सरकारको प्रशासनिक केन्द्र छन् । प्रत्यक्ष तर्फ ५२ र समानुपातीक ३५ गरेर ८७ सदस्य प्रदेश सभा रहेको छ ।

एमाले २९ सदस्य सहित सबैभन्दा ठूलो दल छ । नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रीक समाजवादी ३, राष्ट्रिय जनमोर्चा एक, नेकपा एकिकृत समाजवादी एक, स्वतन्त्र ३ जना छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.