छब्बीस बर्षपछि पुनः डुङ्गा चलाउने पेशामा फर्कदै

पाँचथर- नदिको किनारमा बसोबास गर्दै आएका माझि समुदायको लोपोन्मुख पुर्खौली पेशा २६ बर्षपछि पुनः सञ्चालन हुन थालेको छ । अन्नबाली उब्जनी नहुने स्वामीत्वबिहीन बगर र भीरपाखा जमिनमा बसोबास गर्दै आएका माझिहरुको जनजिवन झन् दयानीय बन्न थालेपछि माछा मार्ने र डुङ्गा खियाउने पेशा अपनाउन थालेका हुन ।
पुस्तौंदेखि भोगचलन गर्दैआएको जमिन आफ्नो नाममा दर्ता गर्न नसेका त्यही माझिले पुर्ख्यौली पेशा संरक्षण तथा प्रर्बद्धनसँगै रोजगारको थलो बनाउन थालेको प्रकास माझिको भनाइ छ ।
धनकुटा, तेह्रथुम, ताप्लेजुङ र पाँचथर जिल्लाको सिमावर्ती तमोर नदी र काबेली नदि किनारामा २३६ घरपरिवार माझी बसोबास गर्दछन् । अधिकांश माझिको नाममा लालपूर्जा छैन ।
उनीहरु अर्काको जमिन अधिया कमाउने र बनिबुतो गरेर जीवीकोपार्जन गर्दछन् । उनीहरु बसोबास क्षेत्रमा यतिबेला सडक, पुल र जलविद्युत निमार्ण लगायत पूर्बाधार बनेर माछा मार्ने र डुङ्गा चलाउने पेशा बन्द भएको थियो ।
आर्थिक र शैक्षिक अवस्था समेत नाजुक रहेका माझी समुदायका लागि बैकल्पिक व्यावसायको खोजी गर्न नसकेर पनि पुनः त्यहि पेशालाई पर्यटकको शौखिन क्षेत्र बनाएर माझिले आफ्नो जिविका चलाउने पेशा अपनाएका हुन् ।
सोही कामलाई रोजगारको माध्यम बनाउन स्थानीय तहले सहयोग गर्ने कार्यक्रम बनाएको फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले बताउनु भयो । उनीहरुको जिवनमा कहिल्यै परिवर्तन हुन नसकेको र माझिहरुको दिनचर्या ज्युँकात्युँ मात्र रहेन झनै दयानीय अवस्था बन्दै गएको छ ।
पाँचथरको माझीटार, लुम्बुवाघाट, नक्कलेघाट, पिनासीघाट, सिमरापूल र सिभुवा लगायतको नदि किनारमा माछा मार्ने माझिले आफ्नो रोजगारमुखी पेशाको लागि आग्रह गरे पनि जनप्रतिनिधिबाट सुनुवाइ नभएको मंगल बहादुर माझिको गुनासो छ ।-






प्रतिक्रिया राख्नुहोस्