सरकारप्रतिको दृष्टिकोण बनाउँदै एकीकृत समाजवादी, जसपाको पनि बैठक

काठमाडौं– एमाले, माओवादी केन्द्रसहितको गठबन्धन सरकारलाई हेर्ने दृष्टिकोण बनाउन नेकपा एकीकृत समाजवादीको बैठक जारी छ ।
पार्टी कार्यालय आलोकनगरमा जारी पोलिटब्यूरो बैठकले सरकारको समर्थन वा विपक्षमा रहनेबारे निर्णय गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुयभो । बैठकको सुरुमै अध्यक्ष माधवकुमार नेपालले नेताहरुको सुझाव माग्नुभएको थियो ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार बसेको थियो ।
सोमबार नै जनता समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पनि बसिरहेको छ । बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्नेछ ।






प्रतिक्रिया राख्नुहोस्