लुम्बिनी प्रदेश सभा बैठक : प्रदेश सभा नियमावली पारित

दाङ- प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ ।

जेष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्तुत गर्नुभउको  प्रस्ताव सदनले पारित गरेको हो ।

यही नियमावलीको आधारमा प्रदेश सभाले आफ्ना गतिविधिहरु अघि बढाउने छ ।

यस अघि प्रदेश नम्बर ५ नियमावली- २०७४ थियो । तर, त्यो नियमावली ५० प्रतिशत भन्दा बढी संसोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको प्रदेश सभा सचिव दुलर्भकुमार पुनले जानकारी दिनुभयो ।

‘सिकाइ र अनुभवका आधारमा नियमावली संसोधन गर्नुपर्ने भयो । पुरानो नियमावली संसोधन गर्दा ५० प्रतिशत भन्दा बढी गर्नुपर्ने देखिएपछि नयाँ बनाइएको हो, अब प्रदेश सभाको सबै गतिविधि यही नियमावलीको आधारमा हुन्छ’ पुनले भन्नुभयो ।

अर्काे बैठक माघ ३ गते

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ ।

पहिलो अधिवेसनको दोस्रो बैठक सकिएपछी अध्यक्षता ग्रहण गर्नु भएका जेष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोक्नुभएको हो ।

अब सभामुख र उपसभामुख चयनको लागि प्रदेश सभामा बाटो खुलेको छ ।

पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अन्तरगत राजनीतिक दलहरुको विचमा सहमतीको प्रयास गरिने र सम्भवतः आउदो बैठकले सभामुख चयन गर्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.