जुम्लामा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गयो

जुम्ला- जुम्लामा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो तिला गाउँपालिका ३ त्रिवेणीमा क १ स ११ नम्बरको अटो दुर्घटना हुँदा तातोपानी गाउँपालिका वडा नम्बर १ बाईराँका निवासी अन्दाजी २९ वर्षका पुरन सार्कीको घटनास्थलमै र तिला ३ थापागाउँ निवासी अन्दाजी वर्ष २० का आकाश थापाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको जुमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नरेन्द्र चन्दले बताउनुभयो ।

डिएसपी चन्दका अनुसार,अटोमा रिक्सामा दुईजना मात्रै सवार रहेको थिए ।

तिलाको त्रिवेणीबाट बजारतर्फ फर्किने क्रममा चालकले नभइ अर्को व्यक्तिले चलाउँदा दुर्घटना भएको प्रहरीको दाबी छ । अटो चलाउने वास्तविक चालक फरार भएकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.