शिक्षिकाले स्पिरिट खुवाउँदा विद्यार्थीकै मृत्यु भएको आरोप

सिरहा- सिरहाको मिर्चैयास्थित रहेको सगरमाथा माध्यमिक विद्यालय (बोर्डिङ स्कूल) मा एक शिक्षिकाले किशोरीलाई स्पिरिट खुवाइदिएपछि मृत्यु भएको आरोप परिवारजनले लगाएको छ ।

शुक्रबार सो विद्यालयमा पढ्न गएकी सिरहा नगरपालिका वडा नम्बर ११ भलुवाही बस्ने धर्मेन्द्र कुमार महराकी १५ वर्षीया छोरी सिर्जना कुमारी महरालाई सोही विद्यालयकी शिक्षिकाले स्पिरिट खुवाइदिएपछि मृत्यु भएको हो ।

कक्षा ८ मा पढने सिर्जनालाई शुक्रबार बिहान पेट दुखेपछि उनले सोही विद्यालयमा पढाउने शिक्षिका अम्बिका लम्साललाई दुःखेसो पोखिन् । शिक्षिका लम्सालले उनलाई एक टयाबलेट औषधि दिँदै पानीको सट्टा स्पिरिट खुवाएको आरोप परिवारजनको छ ।

शिक्षिका लम्सालले पेट दुःखाई निको हुने औषधि भनेर एक ट्याबलेट दिएको र कोल्ड ड्रिन्कको बोतलमा राखिएको बोर्ड सफा गर्ने स्पिरिट नै खुवाइदिएको बताइएको छ । सो बोतलमा स्पिरिटको गन्ध लागेपछि लम्सालले सिर्जनालाई स्पिरिट खान भनेकी थिईन् । उनले बोतलमा पानी नै रहेको र केही गन्ध मात्रै आएको भन्दै स्पिरिट खुवाएकी थिइन् ।

अवस्था नाजुक हुन थालेपछि उनलाई कर्जन्हास्थित रहको फूलकुमारी मेमोरियल हस्पिटलमा भर्ना गरिएकोमा अस्पतालमै मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.