सत्ता साझेदार दलको बैठक: दलहरूसँग विश्वासको मत माग्ने निर्णय

काठमाडौं- सत्ता साझेदार सात दलको बैठकले सरकारका लागि संसद्‍मा रहेका सबै राजनीतिक दलहरूसँग विश्वासको मत माग्ने निणर्य गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने र छिट्टै औपचारिक रूपमा सार्वजनिक गर्नेसमेत निणर्य गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।

बैठकमा सत्ता साझेदार दलहरूबीच सङ्घीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा छलफल भएको थियो । सत्ता साझेदारीका बारेमा मूलभूत रूपमा सहमति जुटेको र शीर्ष तहमा समझदारी कायम गरी छिट्टै सार्वजनिक गर्ने पनि बैठकले निणर्य गरेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतको सहभागिता रहेको थियो ।

बैठकले सातवटै प्रदेशका प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरु बाँडफाँटमा सहमति जुटाउने भनिए पनि निर्णय हुन सकेको छैन ।

माओवादी, राप्रपा र जसपाका सांसदहरुले समर्थनमा प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भइसक्नुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.