कर्णाली प्रदेशः माघ १ गते सभामुखको चयन हुने

कर्णाली- कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ बजेका लागि तोक्नुभएको हो ।

उहाँले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ७ को उपनियम १ बमोजिम चुनावको मिति तथा समय तोक्नुभएको हो ।

चुनावको मिति तोकेसँगै प्रदेशसभा सचिव जीवराज बुढाथोकीले यही पुस ३० गतेबाट सभामुखको निर्वाचन प्रक्रिया सुरुआत गर्ने र माघ १ गते बिहान ११ बजे सभाको बैठक प्रारम्भ, मत विभाजन र परिणाम घोषणा गर्ने गरी सूचना जारी गर्नुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.