मुख्यमन्त्री जम्कट्टेलसहित तीन मन्त्रीले आज शपथग्रहण गर्दै

मकवानपुर- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज शपथग्रहण गर्दै हुनुहुन्छ । हिजो बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शपथग्रहण गराउन लाग्नु भएको हो ।

आज बिहान ९.३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री जम्कट्टेलले शपथग्रहणलगत्तै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गर्नुभएको छ ।

उहाँले नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्वव थापालाई शपथ गराउनु हुनेछ । थपलिया अर्थ मन्त्रालय सम्हाल्ने गरी सरकारमा जान लाग्नुभएको हो भने थापाको मन्त्रालय अझै टुंगो लागेको छैन ।

सुरुमा सानो मन्त्रिमण्डल बनाउन लागेका मुख्यमन्त्री जम्कट्टेलले आफूलाई समर्थन गरेको दलहरुसँगको छलफलपछि मन्त्रिमण्डललाई पुर्णता दिने जनाउनु भएको छ ।

७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेललाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन गरेको हो । मुख्यमन्त्री जम्कट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा नौ र बढीमा ११ कायम गर्ने बताउनु भएको छ ।

एमालेले पनि मन्त्रालयको संख्या आठमा झार्नुपर्ने बताएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनले बागमती प्रदेशमा सरकार बनाउँदा मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनमा भागबण्डा पुर्‍याउनकै लागि ८ मन्त्रालयलाई १४ वटा बनाउनु भएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.