नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने

काठमाडौँ- नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बसेको काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा भने सहभागी नहुने निर्णय गरेको हो ।

नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई हिजो मात्र प्रधानमन्त्री प्रचण्डले भेटेर विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

विश्वासको मत दिने वा नदिने भन्ने विषयमा आज विहानै नेपाली काँग्रेसका पदाधिकारीको बैठक बसेको थियो भने त्यस लगत्तै काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक पनि बसेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.