लुम्बिनीका मुख्यमन्त्री गिरीको राजनीतिक यात्रा
दाङ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुनु भयो । नयाँ रानीतिक समिकरणका आधारमा माओवादी लगायतका अन्य दलको समर्थनमा एमाले पोलिटव्यूरो सदस्य ६८ बर्षिय गिरीले लुम्बिनी सरकारको नेतृत्वको अवसर पाउनु भएको हो ।
यसअघि शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भइसकेका गिरीलाई शालिन नेतृत्वको रुपमा चिन्ने गरिन्छ । मंसिर ४ गते सम्पन्न चुनाबमा रुपन्देही क्षेत्र २(१) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै लुम्बिनी प्रदेश सभामा बिजयी हुनुभयो । अघिल्लो निर्वाचनमा पनि उहाँ यसै क्षेत्रबाट बिजयी हुनुभएको थियो ।
गिरीको जन्म २०११ साल चैत १४ गते रुरु गाउँपाकिा–५ गुल्मीमा भएको थियो । बी.ए. सम्म अध्ययन गर्नुभएका गिरीको बिशेष दख्खल कृषिमा विविधिकरण, पशुपालन, वन विज्ञान र समाजशास्त्रमा छ ।
उहाँले भारत, चीन, जापान, अमेरिका, कोलम्बीयाको भ्रमण गरिसक्नु भएको छ । राजकीय जिम्मेवारीमा लुम्बिनी प्रदेश सभा सदस्य, प्रदेश सरकारमा मन्त्री बन्नुभयो । उहाँले उद्योग वन, पर्यटन, वातावरण मन्त्रीको नेतृत्व गर्नु भयो भने केही समय आन्तरिक मामिला तथा कानुन मन्त्री, स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी निभाउनु भएको थियो ।
उहाँको राजनीतिक जीवन पञ्चायतका विरुद्ध आवाज उठाउँदै अघि बढ्यो । २०२२ सालमा १२ वषको उमेरमै गुल्मीमा तत्कालिन पञ्चहरुको विरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीहरुसँगै आन्दोलनमा सहभागी हुनुभयो ।
गुल्मीबाट ०३४ सालमा रुपन्देहीको शंकरनगर–१ मा हालको तिलोत्तमा नगरपालिका–१ बसाई सरेर आएयता राजनीतिक र सामाजिक काममा सक्रिय रहनुभयो । बहुदलीय व्यवस्थाको पहिलो गाविस अध्यक्ष हुनुभयो ।
शंकरनगर गाउँ विकास समितिमा बहुदलीय ब्यवस्थाको पहिलो जननर्वाचित अध्यक्ष भएर काम गर्नुभयो । सहीद गंगालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ, शिक्षक संगठन, युवा सक्रिय दलमा सहभागी हुनुभयो ।
गिरीले २०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, सोही समयमै जिल्ला वाममोर्चाको सदस्य, २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य, वि.सं.२०५६ मा जिल्ला कमिटी रुपन्देहीको उपसचिव, वि.सं.०५८–०६१ सम्म एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव, ०६१–०६६ र ०६६–०६९ सम्म एमाले जिल्ला कमिटी सचिव (पार्टी जिल्ला प्रमुख) र जिल्ला कमिटी अध्यक्ष भएर काम गर्नुभयो ।
वि.सं.२०६९ सालमा एमालेको साविकको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य र संगठन विभाग प्रमुख, वि.सं.०६९–०७० सम्म अञ्चल कमिटी सदस्य र नवौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । गिरी नेकपा कालमा नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष, हाल नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा लुम्बिनी सहइन्चार्ज हुनुहुन्छ ।-
प्रतिक्रिया राख्नुहोस्