प्रदेश १ का मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

काठमाडौं– प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनुभएको छ ।

प्रदेश सभामा शुक्रबार भएको मतदानमा प्रस्तावको पक्षमा ५९, विपक्षमा ३२ मत परेको थियो ।

प्रदेश १ मा ९३ मध्ये एक जना अनुपस्थित रहे ।

एमाले संसदीय दलका नेतासमेत रहनुभएका कार्की पुस २४ गते एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रदेश १ मा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनमत र जसपाका एक–एक सांसद छन्।  ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.