अस्ट्रेलियन लेबर पार्टीको भातृ संगठन हाँक्दै उत्सव

काठमाडौं- मोटामोटी तथ्यांक केलाउँदा ‘पश्चिम अस्ट्रेलिया’को कुल जनसंख्यामध्ये ३२.२ प्रतिशत जन संख्या त्यसक्षेत्र भन्दा बाहिर जन्मिनेको छ । नेपाली युवा उत्सवप्रताप थपलिया तिनै ३२.२ प्रतिशतको प्रतिनिधित्व गर्दै सत्तारुढ दल ‘अस्ट्रेलियन लेबर पार्टी (पश्चिम अस्ट्रेलिया)’को बहुसांस्कृतिक संस्थाको महासचिवमा निर्विरोध चुनिनुभएको छ ।
सन् २०१६-१७ ताका नेपालमा चलचित्र बनाउन हिड्दा हिड्दै उहाँ थाकिसक्नुभएको थियो । सोहि बखत अस्ट्रेलिया विश्वविद्यालयमा अध्ययनको लागि मौका पाएपछि उहाँ त्यता हानिनुभएको थियो । अध्ययनको क्रममा नै एक जना मलेसियन अस्ट्रेलियन नागरिकसँग मित्रता बढ्दै गयो, जो अस्ट्रेलियन लेबर पार्टीको निर्वाचन प्रचार विभागमा थिइन् । ती साथीसँगै उत्सव त्यहाँ हुने कैयौँ राजनीतिक कार्यक्रममा सहभागी हुने अवसर पाउनुभयो । त्यहि क्रममा उनमा अस्ट्रेलियन राजनीतिमा रुचि जाग्न थाल्यो । उहाँ पश्चिम अस्ट्रेलियाकी सांसद इमिली ह्यामिल्टनसँग नजिक हुनुभयो र सँगै केहि समय काम गर्ने मौका पनि पाउनुभयो ।
छोटो समयमा नै उहाँले उक्त पार्टीको सदस्यता लिनुभयो । पश्चिम अस्ट्रेलियामा राज्य चुनाव घोषणा भएपछि ह्यामिल्टन र भारतीय मूलका अस्ट्रेलियन यज मुबरकाइको चुनाव प्रचार प्रसार विभागमा काम गर्ने अवसर मिल्यो ।
उहाँले नेपालमा चलचित्र र वृत्तचित्र बनाउँदा जानेको सिप त्यहाँ काम लाग्यो । उहाँले ह्यामिल्टन र मुबरकाइका चुनावी प्रचारात्मक भिडियोहरु बनाउने र सोसल मिडिया ह्यान्डल गर्नुभयो । दोस्रो कार्यकालको लागि ह्यामिल्टन र मुबरकाइले सांसदमा विजयी हासिल गरेपछि उहाँ अझै सक्रिय रहे ।
तत्पश्चात उत्सव अस्ट्रेलियन लेबर पार्टी (पश्चिम अस्ट्रेलिया) युवा संघको सदस्य भए र पार्टीगत आन्तरिक चुनावबाट उहाँ संसद यज मुबरकाइको क्षेत्रको उपाध्यक्ष चुनिनुभयो । त्यो समयमा पुरै विश्व कोभिड-१९ बाट प्रताडित हुनुभयो । नेपाल पनि निकै समस्यामा थियो । उत्सवले पश्चिम अस्ट्रेलिया सरकारसँग माग गरी १.८ मिलियन डलरको स्वास्थ्य सामग्री नेपाल पठाउनुभएको थियो ।
कोभिड मत्थर भईसकेपछि उनि हालै सम्पन्न संघीय चुनावमा संघिय चुनाव रणनीति विभागमा रहेर काम गर्नुभयो । उहाँ सो दलबाट पहिलो पल्ट संघीय चुनावमा उठेका मलेसियन मूलका अस्ट्रेलियन स्याम लिमको टिममा हुनुहुन्थ्यो । दुई सय दिनको चुनावी रणनीति र प्रचार प्रसारले लिबरलको पक्कड ठाउँबाट अस्ट्रेलियन लेबर पार्टीले जित्यो । अहिले अस्ट्रेलियामा लेबरको सरकार रहेको छ । उहाँ हालै मात्र ‘अस्ट्रेलियन लेबर पार्टी (पश्चिम अस्ट्रेलिया)’को बहुसांस्कृतिक संस्थाको महासचिवमा निर्विरोध चुनिनुभयो ।
उहाँ अस्ट्रेलियमा समाजसेवा पनि सक्रिय हुनुहुन्छ । उहाँ अस्ट्रेलियाको ‘द स्टोरिज प्रोजेक्ट’ नामक संस्थाका सह-संस्थापक हुनुहुन्छ । यसले अपाङ्गता भएका र बहुसांस्कृतिक व्यक्तिहरूलाई राजनीतिक, आर्थिक र नागरिक सहभागिताको लागि सहयोग गर्छ । उहाँको यो कामको लागि पश्चिम अस्ट्रेलियाली सरकारले प्रदान गर्ने बहुसांस्कृतिक उत्कृष्ट बर्ष व्यक्तिमा मनोनीत हुनुभयो । त्यस्तै, उहाँ अस्ट्रेलियाको ठुलो प्राइभेट टेलिभिजन कम्पनीले आयोजन गर्ने युवा पुरस्कारको लागि पनि मनोनित हुनुभएको थियो । यो संस्था बाहेक उहाँले व्यक्तिगत रुपमा तीन जना नेपाली विद्यार्थीलाई उच्च माध्यमिक शिक्षासम्म क्षात्रवृति दिइरहनुभएको छ भने तेस्रो लिंगीहरुलाई आइपर्ने इमर्जेन्सी स्वास्थ्य सेवामा पनि सहयोग गरिरहनुभएको छ ।
हालै उहाँ सिटिजन अफ इयर २०२३ लाई पनि मनोनीत हुनुभएको छ । यसको नतिजा २६ जनवरीमा आउँदैछ ।
विगत
सन् २०१३ ताका ‘साथीसँग मनका कुरा’ रेडियो कार्यक्रममा बाल रिपोर्टर हुँदै उहाँले आफ्नो मिडिया यात्रा सुरु गर्नुभएको थियो । ईक्वेल एक्सेस र युनिसेफ नेपालको प्रयोजनमा सामुदायिक क्लबहरुसँग मिलेर प्रजनन स्वास्थ्य सम्बन्धि थुप्रै जिल्लामा सचेतना कार्यक्रम सँगसँगै लघु चलचित्रहरुमा पनि उहाँले काम गर्नुभयो ।
सन् २०१५ मा पत्रकार सम्मेलन गरेर उत्सवले १९ बर्षको उमेरमा नै चलचित्र निर्देशन गर्ने भनिएपछि विश्व रेकर्ड रहने कुरा निकै चर्चामा थियो । तर, उक्त चलचित्र बन्न सकेन । त्यसको एकबर्षपछि सौगात बिष्टले आठ बर्षको उमेरमा नै चलचित्र निर्देशन गर्दै विश्वकै कान्छो निर्देशकको गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउनुभयो ।
निर्माताले हात झिकेपछि उत्सवको सपनामा तुषारापात परेको थियो । त्यसको अर्को बर्ष मात्र अन्य निर्माताको जोहो गरी चलचित्र निर्देशन गर्नुभयो, बिडम्बना चलचित्र डुब्यो । उत्सवको भनाइ छ, ‘सानो उमेरमा ठुलोले गर्ने काम गरेपछि मैले निकै कुरा सिकेँ । सबै टीम तितर वितर भयो । त्यसपछि मैले फिचर चलचित्रलाई वास्ता गरिनँ ।’
सन् २०१७ मा अमेरिकाबाट नेपाल आई अन्तर्रास्ट्रिय प्रायोजनको संस्थासँग सहकार्य गरेर काम गर्दै आएकी श्रृजना उप्रेतीसँग उहाँको भेट भयो । सो प्रोजेक्टमा उत्सव पनि सामेल हुनुभयो । सोही क्रममा नेपालका विभिन्न स्थानहरु पुग्दा उहाँले ‘तुइन’मा झुण्डिएर नदि तरिरहेका बालबालिका, तन्नेरी, वृद्दवृद्दा सबैलाई देख्नुभयो । उहाँले ‘तुइन’को बिषयलाई नै लिएर डकु-ड्रामा बनाउने योजना बनाउनुभयो ।
थोरै लगानीमा चलचित्र सकियो । ‘तुइन’ले विदेशी च्यारिटी र फिल्म फेस्टिभलहरुबाट औषत लगानी सुरक्षित गर्यो । त्यसपछि उहाँ अध्ययनको लागि अस्ट्रेलिया जानुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्