विद्यार्थीले तयार पारेको ‘कलेज टिफिन’ एप सार्वजनिक  

काठमाडौं- नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआइटि) मा अध्यनरत विद्यार्थीले ‘कलेज टिफिन’ नामक एप सार्वजनिक गरका छन् । मंगलबार क्यम्पस प्राङ्गणमा एक कार्यक्रम गर्दै एप सार्वजनिक गरिएको हो ।

क्यान्टिन तथा वरिपरिका रेस्टुरेन्टमा खाजा खाने समयमा हुने भीडभाडको समस्यालाई मध्यनजर गर्दै एप तयार पारेको कलेज टिफिनका संस्थापक अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

“क्याम्पसमा हुँदा हामीलाई खाजा खान ४० मिनेटको समय छुट्याइएको हुन्छ,” उहाँले भन्नुभयो, “क्यान्टिनमा हुने भीडले गर्दा न आफूले भनेको समयमा खाजा खान पाइन्छ न त समयको बचत नै हुन्छ । त्यो बीचको समयलाई खेर जान नदिन के गर्ने भन्ने सोच्दा ‘कलेज टिफिन’को अवधारणा आएको हो ।”

घिमिरेका अनुसार यो एप क्याम्पस नजिकका रेस्टुरेन्ट वा क्यान्टिन तथा विद्यार्थीले प्रयोग गर्नका लागि तयार पारिएको हो । विद्यार्थीले खाजा खाने समयअघि एपबाट नजिकको रेस्टुरेन्ट वा क्यान्टिनमा त्यहाँ उपलब्ध हुने खाजा प्रि-अर्डर गर्न सक्छन् । जुन होटेल, रेस्टुरेन्ट वा क्यान्टिनबाट अर्डर गर्न लागेको हो त्यहाँ नोटिफिकेसन आउँछ ।

नोटिफिकसेन आइसकेपछि होटेलले खाजा तयार हुन लाग्ने समयको म्यासेज नोटिफिकेसन मार्फत पठाउँछन् । यति गरेपछि होटेलमा खाजा तयार हुन थाल्छ । खाजा तयार भइसक्यो भने उक्त विद्यार्थीलाई पुनः खाजा तयार भएको नोटिफिकेसन जान्छ । त्यसपछि विद्यार्थी उक्त होटेल, रेस्टुरेन्ट वा क्यान्टिनमा गएर खाजा खान सक्छन् ।

खाजा अर्डर गर्ने व्यक्ति त्यही नै हो भन्ने कुरा त्यहाँ हुने ओटीपी कोडले पुष्टी गर्छ । अर्डर गरेर भुक्तानी गर्दा विद्यार्थीलाई चार डिजिटको ओटीपी कोड आउँछ, त्यही ओटीपी कोडका आधारमा रेस्टुरेन्टले अर्डर गर्ने विद्यार्थी पहिचान गर्न सक्छ ।

“हामीले पकेट खर्च कटाएर यो एपमा खर्च गरेका छौं,” यसमा लागेको समय र खर्चबारे जानकारी दिँदै सीएमओ तथा एक्जुकेटिभ हेड सुसन चापागाईँले भन्नुभयो- “एक लाखको हाराहारीमा खर्च भएको छ । यसलाई हामी आफ्नो क्षेत्रबाट अगाडि बढाउने प्रयत्न गर्नेछौं ।”

अहिले तत्कालका लागि यो एप सबैले प्रयोग गर्न पाउने छैनन् । कलेज टिफिन टिमका अनुसार यो एप विद्यार्थीको लागि मात्र बनाइएको हो । अहिले एनसीआईटी कलेजमा मात्र प्रयोग गरेर सफल भएपछि अन्य कलेजमा पनि लागू गर्ने उनीहरूको योजना छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.