सभामुखमा घिमिरेको उम्मेदवारी दर्ता
काठमाडौं– सत्ता गठबन्धनको तर्फबाट एमाले स्थायी कमिटी सदस्य देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
घिमिरेले संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।
घिमिरेको प्रस्तावक एमाले नेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा माओवादी केन्द्रका नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्