लुम्बिनीका मुख्यमन्त्रीको पक्षमा विश्वासको मत
बुटवल– लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
बिहीबार दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिनु भएको हो ।
८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री गिरीलाई एमाले २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाजवादीको १ र २ स्वतन्त्र सांसदहरुको सहित ५८ जनाले पक्षमा मतदान गर्नुभयो ।
विपक्षमा २८ मत खसेको छ ।
प्रतिक्रिया राख्नुहोस्