व्यावसायिक एकतामा जोड दिन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यावसायिक एकतामा जोड दिन पार्टी निकट वैदेशिक रोजगार व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

वैदेशिक रोजगार व्यवसायीको निर्वाचनअघि शुभकामना लिन पुगेका पार्टी निकट प्रगतिशील व्यावसायिक समूहका उम्मेदवारलाई शुभकामना दिँदै अध्यक्ष ओलीले व्यवसायीबीच एकता भएमात्रै सकारात्मक नतिजा प्राप्त हुने बताउनुभयो ।

एमाले निकट प्रगतिशील व्यावसायिक समूहबाट राजेन्द्र भण्डारीको नेतृत्वमा चुनावी प्यानल बनेको छ । भण्डारीलाई राप्रपाका व्यवसायीले पनि समर्थन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.